नेचासल्यान उद्योग वाणिज्य संघको पहिलो वार्षिक साधरण

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु- नेचासल्यान गाउँपालिका स्थित नेचासल्यान उद्योग वाणिज्य संघको पहिलो वार्षिक साधरण सभा शनिबार सम्पन्न भएको छ ।

नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार वास्तोलाको प्मुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका तर्फबाट अध्यक्ष हेमराज भटराइले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघको आयतर्फ ६ लाख १९ हजार ९ सय र व्यय तर्फ ४ लाख २२ हजार ३४५ रुपैया रहेको र हाल संघको खातामा बचत १ लाख ९७ हजार ५५५ रुपैया रहेको जनाएको छ ।

कार्यक्रममा गाउँपालिका र उद्योग वाणिज्य संघको समन्वयमा निर्धारण गरिएको मुल्यसुचिलाई गाउँपालिकाभित्रका पसलमा देखिने गरि अनिवार्य रुपमा पसलमा राख्नु पर्ने र सोही मुल्य सुचि अनुसार नै विक्रीवितरण गरिनुपर्नेमा जोड दिएको छ ।

साथै सोही कार्यक्रममा गाउँपालिका भित्र फरक किसिमका व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरु काँचो कागज तर्फ बुद्धिराज राई, गौरिटाप सुगन्धित तेल उधोग सञ्चालक ल्हाक्पा शेर्पा र सोभियानी स्टोरका सञ्चालक पुष्पराज श्रेष्ठलाई प्रतिव्यक्ति प्रोत्साहन स्वरुप १ हजार ५ सयका दरले सम्मान पत्रको साथमा सम्मान गरिएको हो ।

चोरीको मारमा परेका व्यवसायी मिंमार लामा र रामबहादुर विकलाई संघको तर्फबाट सहयोग स्वरुप जनही पाँच–पाँच हजार प्रदान गरिएको संघका महासचिव रामप्रसाद वास्तोलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार