गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान

काठमाडौं- जनगणना २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान भएको छ ।

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो ।

३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ ।

इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार