काठमाण्डौँ- नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै सबैभन्दा ज्येष्ठ कानुन व्यवसायी सदस्यको अपमान र मानमर्दन भएको उल्लेख छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानुन व्यवसायमाथि नै धावा बोलिएकाले लोकतन्त्रका पहरेदार कानुन व्यवसायीमाथिको यो प्रहारलाई मूकदर्शक भएर सहन नसकिने उनीहरुको भनाइ छ ।
‘२०१३ सालदेखि संस्थागत स्वरुप ग्रहण गरेको कानुन व्यवसायलाई तमासा देखाएको भनि राजतन्त्रकालमा समेत सत्तापक्षद्वारा यस प्रकारको निर्लज्जप्रहार भएको थिएन,’ विज्ञप्तिमा उल्लेख छ ।