काठमाण्डौ- हाम्रो स्वास्थ्य कस्तो बनाउने भन्ने विषय हामीले खाने खानेकुरामा निर्भर गर्छ । यदि हामीले स्वस्थ र पोषिलो खानेकुराको सन्तुलन मिलाउन सक्यौ भने विरामी भएर अस्पताल धाउने रकम बचाउन सक्छौ । त्यसैले हरेक समय खानेकुरा खानु अघि, तयार गर्नु अघि के मैले खाईरहेको खानेकुरा सन्तुलित छ भन्ने विषयमा सोचविचार गर्न जरुरी छ ।
कसरी मिलाउने पोषिलो खानेकुराको सन्तुलन ?
-आफ्नो खानामा फलफूल तथा सागसब्जीलाई खानामा समावेश गर्ने ।
-गहुँ, जौ, ब्राउन राइस समावेश गर्ने ।
-माछामासु, दाल तथा ओख्खर खान सकिन्छ । रातो मासु कम भन्दा कम सेवन गर्नुपर्छ ।
-जैतुन, ओलिभ आयल, सोयावीन, सन फ्लावर, बदामको तेल स्वस्थ तेल प्रयोग गर्नु पर्दछ ।
-गुलियो खानेकुराबाट टाढा रहनु पर्छ ।
-दूध तथा दूधजन्य पदार्थको सेवन दिनमा एकाध पटकमात्र गर्नु पर्छ ।
-तरकारीको राजा भनिने आलु, फलफूूल, दाल प्रयोग गर्नु पर्दछ ।
-गुलियो पेय पदार्थ प्रयोग नगर्ने ।