बैंक खाता खोल्न गाउँमै शिविर

  हिमाल समाचार
56 Shares

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका लाभग्राहीको बैंक खाता खोल्न शिबिर गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता वैंकिङ प्रणाली मार्फत वितरण गर्नका लागि खाता आवश्यक हुदाँ ती लाभग्राहीलाई लक्षित गरी शिविर संचालन गरिएको हो ।

शिविरबाट खाता खोल्न दिक्तेलसम्म पुग्न नसक्ने वृद्धबृद्धा, बालबालिका एवं शारीरिक रुपमा अशक्त व्यक्तिले लाभ लिएका छन् ।

ग्लोबल आइएमई बैंक शाखा दिक्तेलका कर्मचारी युवराज खत्रीले जालपाका २५७ जनाले खाता खोलेको जानकारी दिनुभएको छ ।

यसैगरी खोटाङको साकेला गाउँपालिकामा पनि बैंक खाता खोल्न शिविर संचालन गरिएको छ ।

नेपाल एसविआई बैंकको शाखा कार्यालयले गाउँपालिकासँग भएको सम्झौता अनुसार शिविर संचालन भएको हो ।

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको २ स्थानमा गरिएको शिविरमा २ सय जनाले खाता खोलेको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार