रुम्जाटार र केत्तुकेमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

  हिमाल समाचार
28 Shares

ओखलढुंगा- सिद्धिचरण नगरपालिका वडा नं ४ रुम्जाटार र मानेभञ्ज्याङ गाउँपालिका वडा नं ४ केत्तुकेमा सनराइज बैंकले शाखारहित बैंकिङ सेवा सुरुवात गरेको छ ।

बैंकले रुम्जाटारमा ६५ औँ र केत्तुकेमा ६६ औँ शाखारहित बैंकिङ सेवा सुरुवात गरेको हो ।

सनराइज बैंकका सिद्धिचरण शाखा प्रमुख खेमराज रानामगरको अध्यक्षतामा तथा मोलुङ गाउपालिका शाखाका शाखा प्रमुख चुडाराज सुवेदीको उपस्थितिमा दुवै ठाउँमा सो सेवा प्रारम्भ भएको हो।

शाखारहित बैंकिङ सेवाका लागि रुम्जाटारमा व्यवासायी सानुराम दाहाललाई व्यवसायिक प्रतिनिधिका रुपमा जिम्मेवारी दिएको छ ।

यस्तै केत्तुकेको शाखारहित बैंकिङ सेवाको लागि स्थानीय व्यवासायी मोहनकुमार तमाङलाई बैंकले व्यवसायिक प्रतिनिधिको जिम्मेवारी दिएको छ ।
दुवै स्थानमा पीओएस मेशिन हस्तान्तरण गरिएको छ ।

सो मेशिनबाट एटीएम कार्डमार्फत आर्थिक कारोबार गर्न मिल्ने सनराइज बैंक सिद्धिचरण शाखाका कर्जा विभाग प्रमुख सुमन दाहालले जानकारी दिए ।

शाखारहित बैंकिङ सेवामार्फत सनराइज बैंकको खाता खोल्न पनि सकिने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार