अलैची प्रतिकेजी ६००, किसानलाई घाटा

  हिमाल समाचार
112 Shares

सोलुखुम्बु-उत्पादनमा गिरावट आएपछि चिन्तित बनेका सोलुखुम्बुका अलैची कृषकहरु बजार भाउ घटेपछि झन् चिन्तामा परेका छन् ।

जिल्लाको सबै भन्दा बढि अलैचि उत्पादन हूँदै आएको लिखुपिके, महाकुलुङ र माप्यदुधकोशीका किसान चिन्तीत् बनेका हुन् ।

दुई वर्षअघि २ हजार देखि २५ सयसम्म प्रतिकेजि विक्रि गर्दै आएका व्यवसायीहरुले गतवर्ष मुल्यमा गिरावट आएसंगै अहिले ६ सय रुपैँया प्रतिकेजिमा बिक्रि गर्न बाध्य बनेको लिखुपिकेका किसान सुरदबहादुर बस्नेतले बताए ।

उत्पादनमा पनि कमि र मुल्यमा पनि गिरावट आएकाले अलैची खेति धरासायी बन्दै गएको महाकुलुङ चाचालुङका कृषक पबिन कुलुङको भनाई छ ।

उनले गत वर्ष प्रतिकेजि १ हजारमा बेचेको अलैची यो वर्ष प्रतिकेजि ३ सय देखि ३५० सम्ममा बिक्रि गरेको बताए । जिल्लाबाट प्रति मन १ लाखसम्ममा विक्रि भएको बताउने कृषक अहिले प्रति मन २५ हजारमा पनि विक्रिका पनि समस्या हुने गरेको बताउँछन् ।

अलैँची उत्पादनमा उत्साह जागेर गाउँका प्रायले अलैँची खेति गर्न सुरु गरेको भएपनि मुल्य घट्दा र बिक्रिका लागि समस्या हुँदा निरुत्साहित बनेको कृषकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार