सोलुका धावक सुमन कुलुङ राईले बनाए राष्ट्रिय कीर्तिमान

  हिमाल समाचार
84 Shares

पाँचौ झिल्टुङ क्रस कन्ट्री च्याम्पियनसिपममा पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ राई विजेता भएका छन् ।

शनिबार नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा भएको दौडमा पुरुष तर्फ प्रथम भएका राईले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

उनले ५४ मिनेट ५५ दशमलव ०९ सेकेण्डमा निर्धारित १३.४ किलोमिटरको दुरी पूरा गर्दै कीर्तिमान बनाएका हुन् ।

उनले १३ औं सागका स्वर्ण पदक विजेता किरणसिंह बोगटीको ५६ मिनेटको कीर्तिमान भङ्ग गरेका हुन् ।

यस्तै दोस्रो भएका आकाश राईले ५५ मिनेट ५८ दशमलब ५० सेकेन्डमा दुरी पुरा गरे भने तेस्रो भएका राजेन्द्र तामाङले ५९ मिनेट २० दशमलब ०४ सेकेन्डमा दुरी पूरा गरे ।


तस्बिर राईको फेसबुकबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार