प्रतिनिधि सभा विघटनको विरोधमा जुबुमा विरोध सभा

  हिमाल समाचार
42 Shares

सोलुखुम्बु-नेपाली कांग्रेसका नेता आङगेलु शेर्पाले कम्यूनिष्ट नेतृत्व र सम्बृद्धि एकैसाथ अघि बढ्न नसक्ने टिप्पणी गरेका छन् । आइतबार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुमा आयोजित संसद विघटन विरुद्धको सभामा बोल्दै पुर्व पार्टी सभापति समेत रहेका शेर्पाले मूलुकमा सम्बृद्धिको सपना पुरा गर्नका लागि कम्यूनिष्ट प्रवृत्तिबाट टाढा रहन सक्नुपर्ने वा त्याग्नुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको असंवैधानिक निर्णय गरेको प्रति विरोध जनाउदै दिगो विकास र सम्बृद्धि कांग्रेसबाट मात्र संभव भएको बताए ।

सभामा वडाअध्यक्ष नातिकाजी गुरुङ, पुर्वमहासमिति सदस्य वीर बहादुर गुरुङ, कांग्रेस नेता नविन थापा, इन्द्र बहादुर गुरुङ, नेपाल दलित संघका जिल्ला अध्यक्ष कर्ण विश्वकर्मा लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार