मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतका व्यक्तिहरु पक्राउ

  हिमाल समाचार  429 पटक हेरिएको

काठमाडौँ-प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री निवास बालुवाटटार अगाडि प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका सभापति कृष्ण पहाडीलगायतका व्यक्तिहरु पक्राउ परेका छन् ।

सभापति पहाडी, कृष्ण कँडेलसहित करिब २ दर्जनलाई पक्राउ गरी नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरेको, राज्य संयन्त्रको दुरुपयोग गरेको तथा प्रधानमन्त्री तथा मन्त्रीहरुले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सोमबार बिहान समाजले बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार