खोटाङ रावावेशीको डुम्म्रेधारापानी आ’गला’गी हुदाँ १८ लाखको क्ष’ति

  हिमाल समाचार
56 Shares

खोटाङ- रावावेशी गाउँपालिका ४ डुम्म्रेधारापानी धैरेनिटार स्थित गुणराज पाण्डेको कटेराबाट स’ल्कि’एको आगोले २ वटा घर, २ वटा कटेरा ज’लेर नष्ट भएको छ ।

आज दिउँसो करिव १ः३० वजेका समयमा गुणराज पाण्डेको कटेराबाट स’ल्कि’एको आँगो नजिकैको छिमेकी बुद्धि लम्सालको ढुङगा र माटोले बनेको २ तले २ वटा घर र २ वटा कटेरा ज’लेर नष्ट भएको हो ।

आग’ला’गीबाट लम्सालको घरमा रहेको धान, मकै, लत्ताकपडा, नगद ३ लाख ६५ हजार, चाँदी २ तोला, सुन ३ तोला र अन्य कागजात गरि १८ लाख बराबरको क्ष’ती भएको जनाएको छ । आगलागीबाट कुनै मानवीय क्ष’ति भएन ।

आगो हरम्टार प्रहरी चौकी र डुम्म्रेधारापानी प्र’हरी चौकीबाट खटिएका प्र’हरी र स्थानीयको सहयोगमा नि’य’न्त्रणमा लिइएको हो ।

अग्नी पि’डि’त लम्साललाई गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष लिलानाथ निरौलाले ९० केजी चामल, त्रिपाल, खाने तेल १ कार्टुन, ५ केजी नुुन र ५ केजी दालका साथै वडाका तर्फबाट वडा अध्यक्ष ज्ञान बहादुर पाण्डेले ६० केजी चामल, ५ लिटर तेल, २ केजी नुन र मसला सहयोग प्रदान गर्नुभएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार