सोलुखुम्बुमा ३.२४ प्रतिशत लाभग्राहीले पहिलो किस्ता लिनै बाँकी

  हिमाल समाचार
357 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा निजी आवास सहित पुनर्निर्माणका चालु कार्यक्रमको प्रभावकारी कार्यान्वयन विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । राष्ट्रिय पुर्ननिमाणको आयोजनामा पुनर्निर्माणको समग्र कार्यप्रगति, प्राधिकरणको कार्याविधि बर्हिगमन रणनिति, निजी आवास पुनर्निर्माणका सम्बन्धमा निर्धारित समयसिमा, निजी आवास पुनर्निर्माणको बाँकि काम र आगामि कार्यदिशाका सवालमा केन्द्रित रहेर अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रियामा राष्ट्रिय पुनर्निर्माणको तर्फबाट सिनियर डिष्ट्रिक इन्जिनियर झप्पर सिंह विश्वकर्माले हालसम्मका प्रगति, महत्वपुर्ण सवाल र नितिगत व्यवस्थाको संक्षिप्त प्रस्तुत गरेका थिए । त्यस्तै, अन्तरक्रियामा जिल्ला आयाजना कार्यान्यवन ईकाई सोलुखुम्बुका प्रमुख विमल प्रसाद बरालले सोलुखुम्बु जिल्लामा भएका काम र बाँकी कामको कार्ययोजना प्रस्तुत गरेका थिए ।
सोेलुखुम्बुमा हालसम्म पहिचान भएका लाभग्राही १२ हजार ४३२ मध्ये अनुदान सम्झौता भएको १२ हजार १३८ जनाले अनुदान सम्झौता गरेका थिए । अनुदान सम्झौता गरेका मध्ये ४४४ अर्थात ३.२४ प्रतिशतले पहिलो किस्ता बापतको अनुदान रकम लिन बाँकि रहेको जिल्ला आयोजना कार्यान्वयन ईकाई प्रमुख विमल प्रसाद बरालले जानकारी दिए ।
जसमा ११ हजार ३२२ लाभग्राहीले दोस्रो किस्ता र १० हजार ८४८ लभाग्राहीले तेस्रो किस्ता लिईएको जानकारी दिईएको छ । जिल्लामा निजी आवास पुर्ननिर्माण गर्न नचाहाने १४ लाभग्राहीले ७ लाख रकम फिर्ता गरिसकेका छन् ।
सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जांबु शेर्पा नगरपालिकाको प्रमुखलाई जानकारी नै नदिई नगर भित्र नमुना बस्ती निर्माण प्रक्रिया थालिएकाले अनियमितता भएको आशंका गरे ।

अन्तरक्रियामा नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले प्राधिकरणले अझै पनि वास्ताविक भुकम्प पिडित पहिचान गर्न नसकेको बताए । पुनर्निमाणको काम स्थानिय तहलाई हस्तान्तरण गरे ६ महिना भित्र सक्ने उनले बताए ।

माप्यदुधकोशी गाउँपालिकाका उपाध्यक्ष जुनिता माया मगरले पुनरावदेनको अन्तिम विकल्प अपनाउदा पनि लाभग्राही छुटेको गुनासो गरिन् । पुनरावेदन दिएका नागारिक अनुदानको आशमा रहेको भएपनि प्राधिकरणले बास्तविक भुकम्प पिडित पहिचान गर्न नसकेको बताईन् ।

प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले स्थानिय तहलाई पुर्ननिर्माणको काम हस्तान्तरण गर्दा हालसम्म गरेका कामको विवरण र अबको कार्ययोजना सहित हस्तान्तरण गर्न आग्रह गरे ।
गुनासो सुनेपछि केन्द्रिय आयोजना कार्यान्वय ईकाई शिक्षाका प्रमुख रामशरण सापकोटाले केन्द्रिय निति अनुसार नै काम गरिरहेको बताए । पुनर्निर्माणको सोलुखुम्बुमा उल्लेखिय प्रगति भएको उल्लेख गर्दै आएका समस्या समाधानका लागि प्रयास गर्ने बताए ।
जिल्ला समन्वय समितिका कार्यावाहक प्रमुख दाडोमा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख, स्थानिय तहका प्रमुख प्रशासयिक अधिकृत, ईन्जिनियर लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार