बासामा दर्जन भन्दा बढि व्यक्ति काँग्रेस प्रवेश

  हिमाल समाचार
49 Shares

सोलुखुम्बु – माप्यदुधकोशी गाउँपालिका ३ बासामा दर्जन भन्दा बढि व्यक्ति नेकपा परित्याग गरि काँग्रेस प्रवेश गरेका छन् ।

कांग्रेस वडा समितिको आयोजना गरेको पार्टी संगठन विस्तार कार्यक्रममा नेकपा सरकार भ्रष्टाचारमा लिप्त भएको र जनउत्तरदायि नबनेको भन्दै उनीहरु काँग्रेस प्रवेश गरेका हुन् ।

चेत सिंह कार्की सभापति रहने गरि ३१ सदस्य काग्रेसको वडा कमिटि गठन गरिएको छ ।

त्यस्तै, पुर्णबहादुर कार्कीको अध्यक्षतामा ४५ सदस्य तरुण दलको वडा समिति गठन गरिएको सहकर्मी ललित कार्कीले जानकारी दिए ।

नेपाल महिला संघको वडा समिति अध्यक्षमा डम्बर कुमारी कार्कीलाई चयन गरिएको छ । सो समिति २५ सदस्सीय रहेको छ ।

कार्यक्रममा काँग्रेस सोलुखुम्बुका जिल्ला सभापति विनोद बस्नेतले नेकपा सरकारले भ्रष्ट्राचार मात्रै गरेको आरोप लगाए ।

जनताको मत लिएर विकास गर्नुको साटो संसद विघटन गरेर राज्यमाथी आर्थिक भार थुपार्ने काम गरेको बताए । कार्यक्रममा काँग्रेस महासमिति सदस्य खिलराज बस्नेत, भोजराज कार्की लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार