खोटाङमा ४३ जना कृषि विमा अभिकर्ता उत्पादनको तयारी

खोटाङ- कृषि विमा अभियानलाई गति दिनका लागि खोटाङमा ४३ जना अभिकर्ता उत्पादनको तयारी थालिएको छ ।

किसानको घर–घरमा पुगेर किसानलाई कृषि तथा पशु बिमा गर्न लागि अग्रसर गराउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङले विमा अभिकर्ता उत्पादन सुरु गरेको हो ।

जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सवै १५ वटा वडा र हलेसी तुवाचुङ नगरपालिकाका सवै ११ वटा वडाका एक–एक जना तथा अन्य आठ गाउँपालिकाका दुई–दुई जनाका दरले अभिकर्ता उत्पादनको तयारी गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)का बरिष्ठ कृषि अधिकृत डा. मणिरत्न अर्यालले बताए।

केही दिनअघि दिक्तेलमा २१ जनालाई कृषि बिमा अभिकर्ता सम्वन्धी तिन दिने तालिम दिएको परियोजना कार्यान्वयन इकाई (मकै जोन)ले अहिले हलेसीमा २२ जनालाई सहभागी गराएर अभिकर्ता तालिम सञ्चालन गरिरहेको छ ।

तालिममा सहभागी अभिकर्ताले राष्ट्रिय बिमा समितिबाट अभिकर्ताको प्रमाणपत्र पाउने र सोही प्रमाणपत्रको आधारमा बिमा समितिबाटै पुःन लाइसेन्स पनि पाउने छन्।

तस्विर युएसआइडीको अनलाइनबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार