अमेरिकी राजदूत बेरीले भेटे प्रधानमन्त्री सहित दाहाल र देउवालाई

  हिमाल समाचार  567 पटक हेरिएको

काठमाडौँ- सोमबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

बूढानीलकण्ठस्थित देउवा निवासमा उनीहरूबीच अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकताबारे छलफल भएको थियो । बेरीले बाइडेन प्रशासनका प्राथमिकताबारे देउवालाई जानकारी गराएका थिए ।

बाइडेनले कार्यभार सम्हालेयता अमेरिकाले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनका विरुद्ध लड्ने र विश्वभर महिलाअधिकारको उत्थान गर्ने विषयमा प्रतिबद्धता जनाइरहेका छन् । जसलाई राजदूत बेरीले देउवासँगको भेटवार्तामा पनि दोहोर्‍याएका थिए ।

देउवासँगको भेटपछि आफ्नो ट्विटमा बेरीले नयाँ राष्ट्रपतिका प्रशासनको विश्व प्राथमिकताबारे छलफल गर्न आफूले नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरिरहेको उल्लेख गरेका छन् ।

बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माघ ८ गते बालुवाटार पुगेर भेटवार्ता गरेका थिए । त्यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग सोमबार बिहान खुमलटार पुगेर भेटवार्ता गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार