मोडेर्नाको खोपले कोरोनाको युके भेरियन्ट विरुद्ध काम गर्ने

  हिमाल समाचार
56 Shares

काठमाडौँ- अमेरिकी औषधी उत्पादक मोडेर्नाका वैज्ञानिकहरूले आफ्नो कोभिड खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै सङ्क्रामक कोरोनाभाइरसको प्रकारसँग जुझ्न सक्षम देखिएको जनाएका छन्।

उक्त कम्पनीका अनुसार प्रारम्भिक रूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको हो।
थप अध्ययनहरू भने सो खोप लगाएका मानिसहरूमै जाँचमार्फत् गर्नुपर्ने बताइएको छ।मोडेर्नाको अध्ययनका लागि अनुसन्धानकर्ताहरूले उसको खोपका दुवै खेप लगाइसकेका आठजना मानिसहरूबाट लिइएको रगतको नमूनालाई जाँचेका थिए।

उनीहरूको निष्कर्षको वैज्ञानिक जगतमा समीक्षा हुन बाँकी रहे तापनि त्यो नयाँ प्रकारको भाइरससँग प्रतिरोधी रहेको देखिएको हो।शरीरको प्रतिरोधी प्रणालीले तयार पार्ने भाइरसलाई निस्क्रिय पार्ने तत्वका कारण भाइरसहरू मानव कोशिकामा प्रवेश गर्न पाउँदैनन्।

नयाँ प्रकारको सम्पर्कमा आएका रगतका नमूनामा भाइरसलाई निस्क्रिय पार्ने पर्याप्त एन्टीबडी देखा परेको हो।तर त्यो दक्षिण अफ्रिकाबाट देखा परेको प्रकारका हकमा भने यूके-प्रकारजत्तिको बलियो पाइएको थिएन।

मोडेर्नाले भनेको छ- त्यसको अर्थ दक्षिण अफ्रिका-भेरियन्टका हकमा भने भाइरसबाट बचाउने क्षमता छिट्टै हराउन सक्छ। तेस्रो खेप बुस्टर खोप दिनु कत्तिको लाभदायक छ भन्ने यतिखेर मोडेर्नाले जाँचिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार