कोरोनाको खोप सोलुखुम्बु आयो

  हिमाल समाचार
91 Shares

सोलुखुम्बु-कोरोना विरुद्धको खोप कोभिशिल्ड सोलुखुम्बुमा आईपुगेको छ । संघिय सरकारले प्रदेशमा पठाएको खोप सोलुखुम्बुमा मंगलबार आएको हो । सोलुखुम्बुमा १५४ भाईल खोप आईपुगेको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । जसमा प्रति भाईल १० डोज रहेको छ । स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम सेवीका गरि ६९३ जनाई खोप लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ । केही दिन भित्रै फाप्लु अस्पतालका स्वास्थ्यकर्मीबाट खोप लगाउन सुरुवात गरिने छ ।

उता, खोटाङका १ हजार ६१८ जनालाई कोभिड–१९ विरुद्धको खोप दिने तयारी गरिएको छ । कोभिड–१९ को संक्रमण दर र मृत्यु दरमा कमी ल्याउने उद्धेश्यले पहिलो चरणमा कोभिड रोकथाम तथा नियन्त्रणकाक्रममा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेविका, एम्बूलेन्स तथा शव बाहन चालक, सरसफाईमा संलग्न व्यक्तीलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने तयारी गरिएको छ । कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको समन्वय र अनुगमन समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा सोमबार जिल्ला अस्पतालमा बसेको बैठकले माघ १५ गतेदेखि माघ २० गतेसम्म कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको छ ।

त्यस्तै, ओखलढुंगा जिल्लामा फ्रन्टलाइनमा खटिने १ हजार ३ सय ३६ जनालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरिएको छ । माघ १५ गतेबाट खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताए । फ्रन्टलाइनमा खटिने स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, मिडियाकर्मीलगायतलाई खोप लगाउने तयारी भइरहेको तिवारीको भनाई छ । कोरोनाविरुद्धको खोप भण्डारण र वितरणमा कुनै समस्या नहुने तिवारीले बताए । जिल्लाका सबै स्थानीय तहमा पुगेर कोरोना खोप लगाइने तिवारीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार