८ सवारी दु’र्घटना हुदाँ ४ जनाको ज्या’न गयो

  हिमाल समाचार
7 Shares

सोलुखुम्बु- साउन यता ८ वटा सवारी दु’र्घटना हुँदा ४ जनाको ज्या’न गएको छ । चालु आर्थिक वर्ष २०७७–७८ को ६ महिनामा मोटरसाईकल र आईचर दु’र्घटनामा ४ जनाको ज्यान गएको हो । साउन महिनामा २ वटा मोटरसाईकल दु’र्घटना हुँदा १ जना पुरुषको ज्या’न गएको थियो भने १ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
भदौमा दुर्घटना भएन भने, असोजमा १ मोटरसाईकल दु’र्घटना हूँदा १ जना घाईते भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण कटवालले जानकारी दिए ।

कार्तिकमा १ मोटरसाईकल दु’र्घटनामा १ जना घाईते, मंसिरमा १ जीप र १ मोटरसाईकल दुर्घटना हुँदा १ महिला ग’म्भिर घाईते र २ जना सामान्य घा’ईते भएका थिए । पुषमा ट्याक्टर दु’र्घटना हुँदा १ पुरुष घाईते भएको ट्राफिक प्रहरी कार्यालले जानकारी दिएको छ । माघमा भने १ आईचर दुर्घटना हूँदा ३ जनाको ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार