चाडै सोलुमा पनि टेलिकमको फोरजी सेवा

  हिमाल समाचार
175 Shares

सोलुखुम्बु-विभिन्न स्थानमा निर्माण गरिएका नेपाल टेलिकमका टावरबाट फोरजी सेवा छिट्टै सुरु गरिने भएको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा निर्माण गरिएको टावरमा विद्युतिकरणको काम सकिएको छ ।

अहिले अन्य प्राविधिक उपकरण जडानको तयारी भईरहेको नेपाल टेलीकम कार्यालय सल्लेरीले जनाएको छ ।

जिल्लाका क्याम्जे, काँगेल, डाडाँखर्क, पत्ताले, खरिखोला, सोताङ र वाकुमा टावर निर्माण सकिएका छन् ।

आवश्यक उपकरण जडान भईरहेकाले चाडै फोरजी सेवा सुरु गरिने कार्यालयका प्रमुख मोहम्मद अकबर अलीले बताएका छन् ।

टावरमा आवश्यक उपकरण पुगिसकेको र प्राविधिकिको टोलीले काम गरिरहेकाले चाडै सेवा प्रदान गर्न तयारी गरिएको टेलीकम सल्लेरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार