जुम्ला-जुम्लाको तिला गाँउपालिका गोठि गाँउमा आ’गला’गी हुँदा ३२ घर ज’लेर नष्ट भएको छ । आ’गला’गीका कारण ३२ घरधुरीका २ सय ५६ घरपरिवार प्रभावित भएका छन । आ’गला’गीमा परी १७ गाई, २३ गोरु, २४ बाख्रा गरी ६४ पशुचौपाया ज’लेर म’रेका छन् । मानवीय क्ष’ति भने नभएको प्रहरीले जनाएको छ ।
मंगलबार बेलुका साढे ५ बजे देखि आ’गला’गी भएको थियो । चुलोको पाईपबाट आ’गला’गी भएको अनुमान गरिएको छ । अहिले जिल्ला प्रशासन कार्यालयमा विपद्को बैठक बसेको छ । बैठकले राहतका सामग्री लिएर घ’टनास्थ’ल जाने तयारी गरेको छ । चामल, दाल, नुन, लत्ता कपडा लिएर आगलागीस्थल जाने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।