पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा

  हिमाल समाचार
21 Shares

काठमाडौँ-चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । धनजित बस्नेतले चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता गराएका हुन् ।

मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको हो ।
सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको मद्दुामा प्रष्टरुपमा न्यायिक निरुपणको कार्यलाई प्रभाव पार्ने र अदालतप्रति जनताको विश्वास घटाउनेगरी गरिएको कार्य अदालतको अवहेलना भएको हुँदा न्याय प्रशासन ऐन २०७३ को दफा १७ को (४) बमोजिम हदैसम्म सजाय माग गरिएको छ ।

पुस २४ गते चारजना पूर्वप्रधानन्यायाधीशरुको समूहले प्रेस विज्ञप्ति जारी गर्दै संसद् विघटन कानुनसम्मत नभएको बताएको थियो । उक्त विज्ञप्ति अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभाव पार्नेगरि आएको देखिएको रिटमा उल्लेख गरिएको छ । रिट निवेदनको पेसी भोलि १५ गते नै तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार