जुम्ला-तिला गाउँपालिका–७ गोठीगाउँमा भएको आगलागीबाट ३ करोड क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
मंगलबार साझ भएको आगलागीमा ३२ घर लजेर नष्ट भएको छ । मंगलबार साँझ गोठीगाउँका बरब रोकायाको घरबाट खाना पकाउने क्रममा एक्कासि आगलागी सुरु हुँदा आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । घरमा खाना पकाउने हिमाली चुल्होको पाइपबाट आगोको झिल्का निस्कन गई घरको छानामा आगो सल्किएको प्रहरीले जानकारी दिएको छ ।
गोठीगाउँका बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा केही कुरुवा मात्रै बस्ने भएकाले मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ ।
मंगलबार साँझदेखि आगलागी भएकोमा बुधबार बिहान मात्र आगो नियन्त्रणमा आएको छ ।