चिम्दिङ खोलामा झोलुङ्गे पुल बनेपछि स्थानियलाई सहज

  हिमाल समाचार
511 Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ र वडा नं १० टाप्टिङ जोड्ने गरि चिम्दिङ खोलामा झोलुङगे पुल निर्माण भएपछि स्थानियलाई आवतजावतमा सहजता भएको छ ।

नगरपालिकाको ४६ लाख १८ हजार ८८० रुपैँयाको लागतमा पुल निर्माण गरिएपछि स्थायिनलाई बर्खा याममा घाँस दाउरा गर्न, बालबालिकालाई विद्यालय सम्म जान, विरामीलाई स्वास्थ्य चौकी सम्म जान सहज भएको हो ।

चिम्दिङ खोलामा झोलुङगे पुल बनेपछि विद्यार्थीलाई विद्यालयसम्म आवातजावतका लागि सहज भएको सिंहकाली आधारभुत विद्यालयका प्रध्यानाध्यपाक विक्रम खड्काले बताए ।

पुल नहूँदा कतिपय विद्यार्थी बर्खाको समयमा शिक्षा आर्जनबाट बञ्चित बन्ने गरेको भएपनि अब यो समस्या हटेको छ । स्थानियलाई स्वास्थ्य संस्था जान समेत सहज भएको स्थानिय पासाङ डोमा तामाङको भनाई छ ।

खोलामा पुल बनेपछि घाँस दाउरा गर्नका लागि सहज भएको उनले बताईन् ।

नगरपालिकाका नाम्गेल जाङ्बु शेर्पाले नगरपालिकामा जनचाहना अनुसार विकासको काम भइरहेको दाबी गरे । नगरपालिका क्षेत्रमा समानुपातिक तवरले विकास भईरहेको बताए ।

विकासका लागि नागरिकको साथ अनिवार्य रहेको बताए । मेयर शेर्पाले नवनिर्मित झेलुङगे पुलबाट केरुङ र टाप्टिङका २५५ परिवार प्रत्यक्ष लाभान्वित हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार