काठमाडौं- वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले प्रधानमन्त्रीलाई मन लागेको बेलामा ताजा जनादेशमा जाने घनचक्करमा जान दिने कि रोक्ने ? भन्दै प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा विघटनको विपक्षमा बहस गर्दै उनले संविधानले प्रतिनिधिसभाको कार्यकाल तोकेको बताए । प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित जवाफको प्रसँग उठाउँदै उनले जनादेश बासी नभइसकेकोले ताजा जनादेश लिने भन्ने प्रश्न नै नहुने बताए ।
कुनै प्रधानमन्त्रीलाई एक महिनामै ताजा जनादेश लिन मन लाग्ला । अदालतले त्यो घनचक्करमा जान दिने कि रोक्ने ?’’ गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आउँदो वैशाख १७ र २७ गते गर्ने गरी निर्वाचनको मिति घोषणा गरिएको छ ।
त्यस्तै, अर्का वरिष्ठ अधिवक्ता तुलसी भट्टले गाउँ–गाउँमा मानिसहरुको ध्यान सर्वाेच्च अदालतमा भएको बताए । उनले संविधानलाई सही ट्रयाकमा राख्न सकिएन भने न्यायलय पनि नरहने बताए ।