बीपी राजमार्ग सरकारलाई हस्तान्तरण

  हिमाल समाचार
28 Shares

काठमाडौँँ- जापान सरकारले बीपी राजमार्गको पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित ‘भर्चुअल कार्यक्रम’मार्फत जापानले नेपाललाई सडक हस्तान्तरण गरेको हो ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण सम्पन्न भएपछि जापानले नेपाललाई हस्तान्तरण गरेको हो । राजमार्गको भर्चुअल उद्घाटन गर्दै मन्त्री वसन्तकुमार नेम्बाङले आगामी दिनमा पनि सहयोग जारी राख्ने अपेक्षा गरेका छन् ।

देशको केन्द्रीय राजधानीलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो बीपी राजमार्ग जापानले सन् १९९६ मा निर्माण शुरु गरी सन् २०१५ मार्चमा सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गरेको थियो । भूकम्पले क्षति पुर्याएपछि २०१९ जुलाईमा अण्डो कर्पोरेशन मार्फत पुनर्निर्माण शुरु भएको थियो । सडक करिब १८ महिनापछि पुनर्निर्माण सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार