सोलुमा कोरोना खोप महाअभियानको शुभारम्भ

  हिमाल समाचार
112 Shares

सोलुखुम्बु- कोरोना खोप महाअभियानको शुभारम्भ गरिएको छ । सोलुखुम्बुका स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको कोभिशिल्ड खोप लगाई अभियान शुभारम्भ गरिएको हो ।

जिल्लामा पहिलो खोप आज फाप्लु अस्पतालकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले लगाइन् ।

आज जिल्ला अस्पताल फाप्लु, स्वास्थ्य कार्यालय र सल्लेरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी ४६ जनालाई खोप लगाईएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा फ्रन्ट लाईनमा खटिएका स्वास्थ्यकर्मी लगायतलाई खोप लगाउन थालिएको जिल्ला अस्पताल फाप्लुका निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिईन् ।

सोलुखुम्बुलाई प्रदेश सरकारले १५४ भाईल खोप पठाएको छ । जसमा प्रति भाईल १० डोज रहेको छ । खोप अभियान जिल्लामा माघ १७ गते सम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार