रैछाकुलेको प्रतिमाको स्तम्भ तो’डफो’ड, छानविन समिति गठन

  हिमाल समाचार
91 Shares

खोटाङ- ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायाजुमडाँडामा राखिएको किरातीको पुर्खा रैछाकुलेको प्रतिमाको स्तम्भको बाहिरी भाग उक्किएको विषयमा सरोकारवालाको ध्यानाकर्षण भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको तुवाचुङ–जायाजुममा राखिएको किराती पुर्खा रैछाकुलेको प्रतिमाको स्तम्भ फुटेको विषयमा नगरपालिका, किरात राई यायोक्खा, तुवाचुङ–जायाजुम संरक्षण समिति लगायतले चासो देखाएको हो ।

किरात समुदायको उद्गम थलो एवं आस्थाको केन्द्र मान्ने गरिएको तुवाचुङ–जायाजुममा राखिएको रैछाकुलेको प्रतिमाको पिलर तोडफोड गरिएको भन्दै हंगामा फैलिएपछि बुधबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईको नेतृत्वमा तुवाचुङ–जायाजुम संरक्षण समितिका अध्यक्ष राकेश राई, महासचिव दिनेश राई, ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक दिनेश खरेल, पत्रकार लगायतको टोलीले स्थलगत निरिक्षण गरेको छ ।

स्थलगत निरिक्षणका क्रममा रैछाकुलेको प्रतिमा राख्नका लागि उठाइएको स्तम्भको दक्षिणतर्फको एक भागको प्लाष्टर उक्किएको देखिएको छ ।

यसैबीच रैछाकुलेको प्रतिमाको पिलरको सानो भाग ‘आफै उक्किएर झरेको वा तो’डफो’ड गरिएको’ भन्ने विषयमा दुई थरी दावी भइरहेको अवस्थामा किरात राई यायोक्खाको केन्द्रिय समितिले बुधबार केन्द्रिय सदस्य युवराज राईको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको छ ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन सार्वजनिक गर्न समय दिइएको यायोक्खाका महासचिव जनक राईले बताए ।

देशरविदेशमा बसोबास गरिरहेका किरात र गैर–किरातको आर्थिक सहयोगमा संकलन भएको ५५ लाखको लागतमा तुवाचुङ–जायाजुममा २०७४ साल मंसिर २ गते किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा राखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार