सोलुखुम्बु- बागबानि केन्द्र फाप्लुले ६ महिनामै करिब १३ लाख रुपैया राजस्व सकंलन गरेको छ ।
चालु आर्थिक वर्षको साउन यता पुष मसान्तसम्म बागबानि केन्द्रले १२ लाख ९२ हजार १३५ रुपैया राजस्व संकलन गरेको हो ।
पहिलो चौमासिकमा ४ लाख ४६ हजार २२५ रुपैया राजस्व संकलन गरेको बागबानी केन्द्रले मंसिर महिनामा १ लाख ४३ हजार १५० र पुष महिनामा ७ लाख २ हजार ७७० रुपैया गरि १२ लाख ९२ हजार १३५ राजस्वक संकलन गरिएको निमित्ति बागबानी विकास अधिकृत उपेन्द्र ठाकुरले बताए ।
गत आर्थिक वर्षमा ११ लाख ६१ हजार ७३० रुपैया राजस्व संकलन गरेको बागबानिले यो वर्ष किविको फल तथा विरुवा, स्याउ फल तथा विरुवा, साग सब्जी बिक्रिबाट राजस्व संकलन गरेको हो ।
यता बागबानी केन्द्र फाप्लुले उत्पादन गरेको करिब ९ सय स्याउको बिरुवा बिक्रि हुन सकेको छैन ।
विगतका वर्षहरुमा किसानको माग धान्नै नसक्ने अवस्था रहेको भएपनि यो बर्ष स्याउको करिब ९ सय विरुवा बिक्रि हुन नसकेको हो ।
रामेछापको उमाकुण्ड गाउँपालिकाले स्याउको विरुवा माग गरेको भएपनि लिन नआएको जनाईएको छ ।