खोटाङका मिर्गौला रोगी कृष्ण खत्रीलाई सहयोग रकम जुट्दै

  हिमाल समाचार
56 Shares

खोटाङ- संयुक्त आवाज परिवर्तन समाजको पहलमा खोटाङका एक जना मिर्गौला रोगीलाई आर्थिक सहयोग जुटेको छ ।

विभिन्न रोगबाट ग्रसित भएपछि उपचारका क्रममा आर्थिक अभाव झेलिरहेका सर्वसाधारणलाई सहयोग जुटाउँदै आएको समाजको पहलमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी (हाल त्रियुगा नगरपालिका–११ गाईघाट प्रगतीग्राम, उदयपुर)का मिर्गौला रोगी कृष्ण खत्रीलाई आर्थिक सहयोग जुटाइएको हो ।

दुबै मिर्गौला फेल भएपछि चार वर्षअघिदेखि काठ्माण्डौंको बिरेन्द्र सैनिक अस्पताल छाउनीमा नियमित डायलासिस गराइरहेका खत्रीलाई संयुक्त आवाज परिवर्तन समाजको पहलमा १५ हजार पाँच सय प्रदान गरिएको छ ।

संकलित सहयोग रकम मंगलबार दिक्तेलस्थित खोटाङखबर साप्ताहिकको कार्यालयमा नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राईले बिरामी खत्रीका भतिज दिलीप खत्रीलाई हस्तान्तरण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार