सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका ११ तिंलाका १३३ दलित परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । मनभिसु नेपाल फाउण्डेसनले लौरेस्वर दलित समाजको सहजिकरणमा आज राहत वितरण गरिएको हो ।
सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, टाक्सिन्दुका वडाध्यक्ष छोङबा लामाको पहलमा प्रति परिवार १-१ बोरो चामल, दाल २-२ केजि, चिनि २ केजि, नुन ३ केजि, चियापत्ति २ प्याकेटका दरले राहत वितरणन गरिएको हो ।
नेपाल दलित संघ तिंला वडा किमिटका सभापति लालबहादुर नेपालीको अध्यक्षतामा भएको राहत वितरण कार्याक्रममा नेपाली काँगे्रस सोलुखुम्बुका पुर्व पार्टी सभापति आङगेलु शेर्पा, सोलुदुधकुण्ड नगरपालिकाका मेयर शेर्पा, सोलुदुधकुण्ड नगरपालिका १ का वडाध्यक्ष लामा, काँग्रेसका युवा नेताहरु बालकुमार कार्की, सोलुदुधकुण्ड नगरकार्यपालिका सदस्य सरिता राई, नेपाल दलित संघका केन्द्रिय सदस्य धर्मबहदाुर नेपाली लगायतको उपस्थिती रहेको लौरेश्वर दलित समाजका अध्यक्ष निरकुमार नेपालीले जानकारी दिए ।