उदयपुर- ताप्ली गाँउपालिका उदयपुरको २ वटा वडा कार्यालयको भवन उद्घाटन गरिएको छ ।
भुस्नाम्छा कन्ट्रक्सन गाईघाटले २०७५ साल फागुन ३० गते सम्झौता गरी निर्माण सुरु गरेको वडा १ र २ नम्बर वडा कार्यालयको भवन तोकिएकै समयमा सम्पन्न गरी उद्घाटन गरिएको हो । भवन निर्माणका लागि गाँउपालिकाबाट १ करोड १ लाख ९३ हजार ५ सय ८२ रुपैया वजेट विनियोजन भएको थियो ।
सोही वजेटबाट एउटै डिजाईनको भवन निर्माण गरिएको भुस्नाम्छा कन्ट्रक्सनका प्रतिनिधि मोहन सिंह ठकुरीले बताउनुभयो ।
भवन अभावमा दुवै वडाले भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका थिए ।
वडाको आफ्नै भवन निर्माण पश्चात वडाको सेवा प्रवाह चुस्तदुरुस्त बन्ने विश्वास लिईएको छ ।
भवन निर्माणका लागि १ नम्बर वडाले ५ रोपनी जग्गा खरिद गरेको थियो भने २ नम्बर वडा कार्यालयलाई स्थानीय मोहन बहादुर राईले निशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो ।
भवनविहिन अन्य वडा कार्यालयहरुको पनि छिटै भवन निर्माण गरिने ताप्ली गाँउपालिका अध्यक्ष उद्धव सिंह थापाले बताए ।
भवन उद्घाटन कार्यक्रममा पालिकाअध्यक्ष थापा, उपाध्यक्ष कमलामाया राईलगायतको उपस्थिती रहेको संवाददाता ठविन्द्र मगरले जानकारी दिए ।