सार्वजनिक सवारी साधनका भाडामा विद्यार्थीहरुलाई छुट खै ?

  हिमाल समाचार
105 Shares

सोलुखुम्बु – सार्वजनिक सवारी साधनमा विद्यार्थीहरुले ४५ प्रतिशत छुट पाउनुपर्ने व्यवस्था सोलुखुम्बु जिल्लामा लागु नभएको भन्दै अनेरास्ववियू जिल्ला कमिटी सोलुखुम्बुले जिल्ला प्रशासन कार्यालयलाई धानाकर्षण पत्र बुझाएको छ ।

नेपाल सरकार र विद्यार्थी संगठनविच विद्यार्थीले सवारी भाडामा ४५ प्रतिशत छुट पाउनु पर्ने सम्झौता भएको भए पनि जिल्लामा उक्त व्यवस्था कडाईका साथ लागु नभएको भन्दै अनेरास्ववियूले बिहिबार धानाकर्षण पत्र बुझाएको हो ।

देशका ७६ वटै जिल्लाहरुका विद्यार्थीहरुले सवारी भाडामा छुट पाईरहेको भए पनि सोलुखुम्बुका विद्यार्थीले सतप्रतिशत भाडा तिरिरहेको पत्रमा उल्लेख गरिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष भुपेन्द्र राईद्धारा हस्ताक्षरित पत्रमा चाडै सार्वजनिक सवारी साधनका भाडामा विद्यार्थीहरुका लागि ४५ प्रतिशत छुट दिलाउन सकारात्मक कदम चाल्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार