काठमाडौं- केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन प्रयोजनको लागि आयोगलाई आग्रह गरेको छ ।
निर्वाचन आयोगसँग भएको छलफलमा सर्वोच्च अदालतले निर्वाचन प्रक्रिया रोक्नु भनेर अन्तरिम आदेश नदिएकाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न ओली पक्षले आग्रह गरेको हो ।
नेकपाको दुवै पक्षलाई आयोगले बोलाए पनि प्रचण्ड(माधव नेपाल पक्ष भने छलफलमा सहभागी भएन ।
निर्वाचन आयोगसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै संविधानसभा अध्यक्ष तथा नेकपा ओली पक्षका नेता निर्वाचनको प्रयोजनमा हुने दल दर्ता लगायतका प्रक्रिया अघि बढाउन आग्रह गरिएको बताए ।
निर्वाचन आयोगको आग्रह बमोजिम आफूहरु उपस्थित भएको र अदालतबाट अन्यथा फैसला नआउँदासम्म निर्वाचनका तयारी अघि बढाउन आग्रह गरिएको नेम्वाङले जानकारी दिए ।
नेम्वाङले नेकपाको आधिकारिकताको विवाद टुंगो लगाइसकेको र त्यहि निर्णयको जगमा उभिएर आयोगले छलफलका लागि आफूहरुलाई बोलाएको दावी गरे ।