मन्त्री गुरुङको पहलमा श्रीचौरका युवकको उद्धार

  हिमाल समाचार
224 Shares

ओखलढुंगा- मोलुङ गाउँपालिका ६ श्रीचौरमा रुखबाट ल’डेर ग’म्भि’र घाईते भएका एक युवालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

स्थानिय यवा तथा समाजसेवा युवा क्लवको सक्रियातामा २८ बर्षिय तेन्डी शेर्पाको उद्धार गरिएको हो ।
गत माघ ११ गते घास काट्ने क्रममा रुखबाट लडेर ग’म्भि’र घाईते भएका शेर्पालाई प्रदेश नम्बर एकका भौतिक पुर्वधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले हेलिकप्टरमार्फत उद्धार गरेको शेर्पा सञ्चार समुह ओखलढुंगाका सदस्य पासाङ शेर्पाले जानकारी दिए ।

रुखबाट लडेर ग’म्भि’र घाईते बनेका शेर्पाको क’म्मर’मुनीको भाग च’लेको छैन ।

उनलाई केहीदिन अघि उपचारका लागी ओखलढुंगा सामुदायीक अस्पतालमा लगीएको भएपनि अस्पतालले रिफर गरेपछि परिवारले बिरामीलाई घरैमा लगेर राखेका थिए ।

हेलिकप्टर चार्डड गरेर काठमाण्डौ लैजान समेत नसकेपछि घरैमा राखिएका बि’रामीको लामो समयसम्म क’म्मर’मुनीको भाग नचलेको र दि’सा पि’साव गर्न समेत स’मस्या भएपछि शुक्रबार हेलिकप्टरबाट उद्धार गरिएको सोही स्थानका अर्का स्थानिय मोहन तामाङले बताए ।

हाल उनको काठमाण्डौ स्थित टिचिङ हस्पिटलमा उपचार भैरहेको तामाङको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार