सोलुखुम्बु-खोजमुलक समाचार आजको आवश्यकता भएको सोलुखुम्बुको सरोकारवालाहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ सोलुखुम्बुको चौथौ साधारण सभा बोल्दै जिल्लाका सरोकारवालाहरुले खोजमुलक पत्रकारितामा जोड दिनुपर्ने बताएका हुन् ।
नेपाल पत्रकार महासंघ केन्द्रिय लेखा समिति संयोजक प्रकाश पुरीले हरेक नागरिकलाई सुुसुचित गराउने कर्तव्य पत्रकार तथा सञ्चारमाध्यमको भएकाले सत्य र तथ्य सुचनाप्रवाहगर्नुपर्ने बताए । उनले पत्रकार सत्तापक्षको दास बन्ननहुनेबताए । प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले पत्रकार तथा सञ्चार माध्यमले जिल्लाको विकासमा पु¥याएको टेवाको प्रसंशा गरे ।
सरकारी कार्यालयमा हुने हरेक नराम्रा कामको खबरदारी गर्दै अघि बढ्नका लागि पत्रकारलाई आग्रह गरे । महासंघ सोलुखुम्बुका अध्यक्ष मनोजकुमार श्रेष्ठले प्रविधिको आधुनिकताले पत्रकारिता खुम्च्याएको बताए ।
अहिले खोज पत्रकारीता ओझेलमा परेकाले पत्रकारले अब खोजमुलक समाचार संकलनमा ध्यान दिनआग्रह गरे ।
साधारण सभाको अवसर पारेर पत्रकारितामा योगदानको कदर गर्दै महासंघका संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठ र सोलु एफ.एम. सञ्चालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । सम्मान ग्रहणपछि बोल्दै महासंघका संस्थापक अध्यक्ष श्रेष्ठले अनुभव सुनाउदै सत्य तथ्य सुचनाको आधारमा समाचार सम्प्रेषण गर्नका लागि आग्रह गरे ।
जिल्लाको पत्रकारितामा प्रविधिले सहजता बनाएको संचार उद्यमी बुद्धिनारायण श्रेष्ठले बताए ।
साधारण सभाको अवसरमा सोलुखुम्बुमा क्रियाशिल दुई पत्रकारलाई सम्मान गरिएको छ ।
पत्रकारिताको माध्यमबाट विकासमा पुर्याएको योगदानको कदर गर्दै हिमाल एफएमका स्टेशन म्यानेजर शिखर गजरकोटे र विविसी संवाददाता सुजता तामाङलाई नगद ५,५५५ रुपैँया सहित सम्मान गरिएको छ ।
तस्विर माया शेर्पाको फेसबुकबाट साभार