सोलुखुम्बु- महाकुलुङमा चालु आर्थिक वर्षबाटै ग्रामिण विद्युतिकरण हुने भएको छ ।
ग्रामिण सामुदायिक विद्युत विभागको ९० प्रतिशत र स्थानिय सरकारको १० प्रतिशत लगानीमा ग्रामिण विद्युतिकरण हुने भएको हो ।
ग्रामिण विद्युतिकरणका लागि डिपिआर तयार पारिसकिएको छ । गाउँपालिका क्षेत्रमा १८ वटा ट्रान्समिटर राखिने छ ।
ग्रामिण सामुदायिक विद्युत विभागले विद्युतिकरणका लागि १५ करोड बजेट बिनियोजन गरेको छ ।
महाकुलुङ गाउँपालिकाले १ करोड ५० लाख बजेट बेहोर्नुपर्नेछ ।
गाउँपालिकाले ग्रामिण विद्युतमहासंघलाई विद्युतिकरणका लागि १ करोड ५ लाख रुपैया सहयोग गर्न आग्रह गरेकाले ४५ लाखमात्रै गाउँपालिकाले बेहोर्न सक्ने गाउँपालिकाअध्यक्ष सागर किराँतीले बताए ।
गाउँपालिकाले गत जेठमा विद्युतिकरणका लागि ग्रामिण सामुदायिक विद्युत विभागलाई पत्र मार्फत विद्युतिकरणका लागि माग गरेको थियो ।
विद्युतीकरणको फायललाई नेपाल विद्युत प्राधिकरण अन्तरगतको ग्रामिण सामुदायिक विद्युत विभागले टेण्डर प्रक्रियामा लगेको छ ।
चाडै विद्युतिकरण गरि सहजविद्युतको पहूँचमा सहज पु¥याउनगाउँपालिकाले पहल गरेको अध्यक्षकिराँतीको भनाई छ ।
राष्ट्रिय प्रसारण लाईन अन्तरत सल्लेरी वितरण केन्द्रले अहिले सोताङ गाउँपालिका सम्म पोलिङको काम गरिसकेको छ ।