सोलुखुम्बु- महाकुलुङ गाउँपालिकाले सडक छेउछाउमा राखिएको निमार्ण सामाग्री तत्काल हटाउन निर्देशन दिएको छ ।
जस्ता,ढुंगा,बालुवा, गिट्टी, सिमेन्ट, रड लगायतका निमार्ण सामाग्री सडक छेउछाउमा राख्दा सवारी आवागमन तथा यात्रुहरुलाई समेत अप्ठ्यारो भएको र दुर्घटनाको जोखिम निम्तिएकाले तत्काल हटाउन सम्वन्धित पक्षलाई निर्देशन जारी गरेको हो ।
यस्तै गाउँपालिकाको सडक मिचेर घर टहरा बनाउने कार्य नगर्न सुचित गरेको छ ।
गाउँपालिकाले विभिन्न सडक आसपास भौतिक संरचना निमार्ण गर्दा छोड्नुपर्ने क्षेत्रफलकोलागि समेत मापदण्ड बनाएको छ । जस अनुसार महाकुलुङ चक्रपथअन्तर्गतको सडकको दुवै तर्फ सडकको चौडाई १० मिटर कायम हुने गरी केन्द्रविन्दुबाट ५ मिटर छोड्ने, खिरौले जाने सडकको चौडाई ८ मिटर कायमहुने गरी केन्द्रविन्दुबाट ४ मिटर छोड्ने, अन्य सहायकतथा कृषि सकडहरुको चौडाई ६ मिटर कायमहुने गरी केन्द्रविन्दुबाट ३ मिटर छोडेर मात्रसंरचना निमार्ण गर्न पाईने महाकुलुङ गाउँपालिकाले प्रकाशन गरेको सुचनामा उल्लेख छ ।