खरिखोलामा १५७ जना काँग्रेस प्रवेश

  हिमाल समाचार
364 Shares

सोलुखुम्बु – सोलुखुम्बुको खरिखोलामा १५७ जना काँग्रेस प्रवेश गरेका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका १ खरिखोलामा काँग्रेसले आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम विभिन्न पार्टी परित्याग गरि काँग्रेस प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका पुर्व पार्टी सभापति आङगेलु शेर्पा, जिल्ला सभापती विनोद बस्नेत, काँग्रेस नेता प्रकाश सिंह कार्की,आदिवासी जनविभागका केन्द्रिय सदस्य आङ छिरिङ शेर्पा, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला कमिटि सदस्य, भातृ संगठन, महिला संघ, तरुण दल, नेविसंघका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको खुम्बुपासाङल्हामु गाउँपालिका नेपाली काँगस्रेका प्रवक्ता पासाङ शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार