मन्जुश्री क्षेत्रमा बौद्धधर्म गुरु पद्मसंभवको प्रतिमा र पार्क बनाउनका लागि सम्झौता

  हिमाल समाचार
133 Shares

खोटाङ- हलेसी तुवाचुङ नगरपालिका स्थित हलेसीको मन्जुश्री क्षेत्रमा बौद्धधर्म गुरु पद्मसंभवको प्रतिमा निमार्ण हुने भएको छ । हिन्दु, बौद्ध र किरातधर्मालम्बीको साझा फुलबारीको रुपमा रहेको खोटाङको पवित्र स्थल हलेसी स्थित मन्जुश्री क्षेत्रमा साढे ३ रोपनी क्षेत्रफलमा गुरु पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा बन्ने भएको हो ।

प्रतिमा सँगै करिब १ सय रोपनी क्षेत्रमा पद्मसंभव पार्क बन्ने भएको छ ।


बौद्धधर्मका गुरु सम्भंवले ८ औ शताब्दीतिर उक्त स्थानमा पुगि तपस्यागरी ज्ञान प्राप्त गरेको बौद्धमार्गीहरुको विश्वास रहेको छ । प्रतिमा र पद्मसंभव पार्क निमार्णका लागि नगरपालिका र नेपाल बौद्ध महासंघबीच आइतबार सम्झौता भएको छ ।

नगरपालिकाका मेयर इवन राईका अनुसार अबको ७ महिनामा काम सुरु गर्ने गरी सम्झौता भएको छ । उनले सम्झौता भएको मितिले ७ महिनामा काम सुरु गरी ५ बर्ष भित्र प्रतिमा बनाउने र पार्क निमार्ण गर्ने काम सम्पन्न गर्ने लक्ष्य रहेको जनाए । जस्का लागि अबको १५ दिन भित्र डिपिआर तयार हुदैछ ।

लागत स्टमेट आईसकेको छैन तर पार्क र प्रतिमा निमार्णमा १ अर्बको लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । नगरपालिकाले जग्गा व्यवस्थापन, पार्कको आसपास तारघेराबार गर्ने कार्य गर्नेछ भने सम्पूर्ण निमार्ण खर्च नेपाल बौद्ध महासंघको हुनेछ ।

मेयर ईवन राईले हलेसीको वृहत गुरु योजना निमार्ण र कार्यान्वन्यको चरणमा आफूहरु रहेको भन्दै पद्मसंभव गुरुको प्रतिमा निमार्ण पूण्यरुपी कार्य भएकाले आफूहरु यसप्रति उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । उनले यस प्रक्रियामा सहभागि सबैलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

फोटो मेयर इवन राईको फेसबुकबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार