प्रतिनिधिसभा विघटन मुद्दामा विपक्षीको बहस सुरु

  हिमाल समाचार
0 Shares

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा निवेदकहरूका तर्फबाट बहस सकिएपछि सोमबारदेखि सरकारी पक्षको बहस सुरु भएको छ ।

सोमबारदेखि प्रतिनिधिसभा विघटनको निर्णय सही छ भनी महान्यायाधिवक्तालगायत सरकारी वकिल र सरकारका तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायीहरूको बहस सुरु हुने भएको हो ।

अहिले प्रधानमन्त्रीको कदमको रक्षार्थ महान्यायाधिवक्ता अग्‍नि खरेल बहसमा सहभागी भएका छन् । बहसमा सहभागी हुँदै उनले १३ रिट निवेदकमध्ये केहीले हतारो गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार