सोलुका बन्यजन्तु पिडितले क्षतिपुर्ति पाएनन्

  हिमाल समाचार
238 Shares

सोलुखुम्बु- गत साउन यता भालुको आक्रमणबाट ४ जना घाईते भएका छन् । चालु आर्थिक वर्ष २०७७–७८ को ६ महिनामा भालुको आक्रमणमा परि विभिन्न स्थानका ४ व्यक्ति घाईते भएका हुन् । सोलुदुधकुण्ड नगरपालिका १ की माया अधिकारी, तिङलाका मोहन भुजेल र महेश कार्की घाईते भएका भएका छन् ।

त्यस्तै, सोताङ गाउँपालिका ५ का कुल बहादुर कार्की पनि भालुको आक्रमणमा परेका छन् । त्यस्तै, चितुवाले ६ महिनामा ११ पशुचौपाय मारेको छ । जिल्लाको विभिन्न स्थानमा पालन गरिएका ११ चौरी तथा बाख्रा मारेको हो । सोलुदुधकुण्ड नगरपालिका १० का थुतोप शेर्पा, ङिमा शेर्पा, थुतोप दोर्जी शेर्पाको १–१ वटा चौरी चितुवाको आक्रमणमा परेका छन् ।

त्यस्तै सोलुदुधकुण्ड नगरपालिका ९ का साङगे शेर्पाको २ वटा चौरी र थुलुङ दुधकोशी गाउँपालिका ९ का थार्चेन शेर्पाको ६ वटा बाख्रा चितुवाले मारेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यसैबीच, सोलुखुम्बुका बन्यजन्तु पिडितले क्षतिपुर्ति पाउन सकेका छैनन् ।

डिभिजन वन कार्यालयको सिफारिसमा सगरमाथा राष्ट्रिय निकुञ्जले उपलब्ध गराउने क्षतिपुर्ति अझैसम्म पाउन नसकेका हुन् । आवश्यक कागजात नपुगेकाले क्षतिपुर्ती उपलब्ध गराउन ढिलाई भएको डिभिजन बन कार्यालयका प्रमुख बिशाल घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार