नेकपाको ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्च पुनर्गठन

  हिमाल समाचार  478 पटक हेरिएको

ओखलढुंगा- नेकपाको ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्च पुनर्गठन भएको छ ।
मोहन बहादुर विष्टको अध्यक्षतामा १ सय ७९ सदस्यीय कमिटी घोषणा गर्दै सम्पर्क मञ्च पुनर्गठन गरिएको हो ।

पुनर्गठित कमिटीको उपाध्यक्षमा सुर्य गुरुङ, सचिवमा नवराज श्रेष्ठ, सह सचिवमा राजेन्द्र पुडासैनी, कोषाध्यक्षमा गोपाल धमला सहित १ सय ७९ सदस्यीय सम्पर्क मञ्च कमिटी घोषणा गरिएको छ । पु

नर्गठित कमिटीमा साविकको सम्पर्क मञ्चका पदाधिकारी र थप नयाँ सदस्यहरु समेटिएका छन् ।

नयाँ कमिटी घोषणा र जिम्मेवारी हस्तान्तरण गर्दै मञ्चका निवर्तमान अध्यक्ष चन्द्र वाम्बुलेले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

साविकको नेकपा एमालेको दर्विलो शुभेच्छुक संस्थाका रुपमा सकृय सम्पर्क मञ्च लामो समय यता पार्टीको आन्तरिक एकता र विवादले विगतजस्तो क्रियाशिल छैन ।

सम्पर्क मञ्च पुनर्गठन र अगुवा कार्यकर्ता भेलालाई नेपाल सरकारका नागरिक उड्यन तथा पर्यटन मन्त्री भानुभक्त ढकाल सहित नेकपाका नेताहरुले सम्बोधन गरेका थिए ।

सबैजसो नेताले ओली नेतृत्वको नेकपा आधिकारीक पार्टी भएको दावी गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार