दुर्गम गाउँ मामेर्कुमा गाउँघर क्लिनिक स्थापना

  हिमाल समाचार
287 Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ मामेर्कुमा गाउँघर क्लिनिक स्थापना गरिएको छ ।

दुर्गम मानिएको गाउँमा स्थापना गरिएको गाउँघर क्लिनिकको आज गाउँपालिका अध्यक्ष सागर किराँतीले उद्घाटन गरेका छन् । उद्घाटनपछि अध्यक्ष किराँतीले मामेर्कुका सर्वसाधारणलाई आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्नका लागि क्लिनिक स्थापना गरिएको बताए ।

उनले क्लिनिक प्रभावकारी रुपमा संचालन गर्ने दाबी गरे । करिब ६० घर परिवारमा आधारभूत स्वास्थ्यको पहूँच स्थापित गर्ने द्येयले स्थापना गरिएको क्लिनिकबाट आधारभूत उपचार, परिवार नियोजन, गर्भवति सेवा प्रवाह गरिने स्वास्थ्य शाखा प्रमुख हरि आचार्यले जानकारी दिए ।

चालु आर्थिक बर्षमा वडा कार्यालयबाट विनियोजित बजेट ३ लाख ५० हजारको लागतमा गाउँघर क्लिनिकको स्थापना गरिएको वडाअध्यक्ष डेक बहादुर राईको भनाई छ ।

जंगलको बिच भागमा अवस्थित मामेर्कुका स्थानीय स्वास्थ्य सेवा लिनका लागि करिब २ घण्टा जंगलको बाटो छिचोल्दै छेस्काम स्वास्थ्य चौकीसम्म धाउने गरेका थिए ।

क्लिनिक संचालनमा आएपछि मामेर्कुका सर्वसाधारणले खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार