सोलु सल्लेरीमा कांग्रेसको विरोध सभा

  हिमाल समाचार
140 Shares

सोलुखुम्बु – संसद विघटनको विरोधमा नेपाली कांग्रेस सोलुले पनि प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघठनको तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत सोमबार कांग्रेसका सबै भ्रातृ संगठनहरुले सल्लेरीमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शन सल्लेरीको बसन्तपुर स्थित पार्टी कार्यालयबाट सुरु भई नया बजार हुदै आवाडाँडा पुगेर जिल्ला प्रशासन कार्यालय अगाडी कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्दीय सदस्य बल बहादुर केसीले केपी ओली नेतृत्वको सरकारले चुनावको नारा लगाएर संविधानमाथि प्रहार गरेको र यस विरुद्ध सवै सडकमा उत्रिनु पर्ने बताए ।

जिल्ला सभापति विनोद कुमार बस्तेतले आलीको संबैधानिक कदम विरुद्ध थप शसक्त आन्दोलनका लागि पार्टीका नेता तथा कार्यकर्तालाई तयार रहन आग्रह गरे ।

यस्तै, काँग्रेसका पूर्वसभापति आङगेलु शेर्पाले नेकपाको सरकारले जनताको मतको कदर गर्न नसकेको र संविधानलाई कुल्चेर असंधानिक र अलोकतान्त्रीक तवरले संसद विघटन गरेको आरोप लगाए । नेता शेर्पाले नेकपा सरकारको हरेक गलत कदमका विरुद्ध नेपाली कांगे्रसले एक भएर प्रतिकार गर्ने र सडकबाटै घुडाँटेकाउने पनि दाबी गरे ।

सोलु दुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पाले नेकपा नेतृत्वको सरकारले भष्ट्रचारीलाई संरक्षण गरेको आरोप लगाए । मेयर शेर्पाले प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक विवादलाई मिलाउनुको उल्टै संसद विघटन गरेर देशलाई अस्थिरता तर्फ धकेलेको बताए ।

नेपाल महिला संघ सोलुखुम्बुका अध्यक्ष छिन्डि ल्हमु शेर्पाको अध्यक्षतामा भएको विरोध सभामा पार्टीका जिल्ला स्तरका नेता, भातृ संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितिमा भएको जिल्ला सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख नविन थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार