सोलुखुम्बु – आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुमा ल्याब सेवा सञ्चालन आएको छ ।
२०६२ सालमा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा स्थापना गरिएको ल्याब सेवा पहिलो पटक सञ्चालनमा ल्याईएको हो । ल्याब टेक्निसियनको व्यवस्थापन गरि सेवा प्रवाह सुरु गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज निरिक्षक बिजयकुमार झाले जानकारी दिए ।
ल्याबको व्यवस्थापन भएपछि स्वास्थ्य केन्द्रमा आउने बिरामीहरुले रोगको लक्षण बताएकै आधारमा औषधी दिनुपर्ने बाध्यता अन्त्य भएको छ । संघिय सरकारको १० लाख ८१ हजारको लागतमा आश्यक उपकरण व्यवस्थापन गरि सेवा सुरु गरिएको हो ।
ल्याबमा एल.एफ.टि, आर.एफ.टि, लिपिड प्रोफाईल, सेरोलोजि, युरिन, ईस्टुल लगायतका परिक्षण गरिने छ ।