बुधबार बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित

  हिमाल समाचार
35 Shares

काठमाडौँ — बुधबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ बैठक डाकेका थिए ।

राष्ट्रिय सभा सचिवालय स्रोतका अनुसार बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

उक्त बैठकमा पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध उल्लेख थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार