काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि दाबी पेश गरेको छ।
यो समूहले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेको हो।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी पेश गरेका हुन् ।