सोलुखुम्बु-भूमि सम्वन्धी समस्या समाधान आयोग जिल्ला समिति सोलुखुम्बुको अध्यक्षमा रामकाजी श्रेष्ठ नियुक्त भएका छन् ।
भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को वैठकले भूमि सम्वन्धि समस्या समाधान आयोग सोलुखुम्बुको अध्यक्षमा सोलुदुधकुण्ड नगरपालिका वडा नं ६ का श्रेष्ठलाई नियुक्त गरेको हो ।
यस्तै आयोगको विज्ञ सदस्यमा लिखुपिके गाउँपालिका वडा नं ४ का कुन्जाङ शेर्पा र सदस्यमा सोलुदुधकुण्ड नगरपालिका वडा नं ११ का मोहनकुमारी कार्की नियुक्त भएकी छन् ।
सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ ।
७७ जिल्ला अध्यक्ष र २ सदस्यगरी ७७ जिल्लामा २ सय ३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो ।
आयागका जिल्ला अध्यक्षहरुले सरकारको प्रथम श्रेणी सहसचिव र सदस्यहरुले द्धितिय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने भूमि सम्वन्धी समस्या समाधान आयोगका विज्ञ सदस्य जगत देउजाले जानकारी दिएका छन् ।