मानवीय क्रियाकलापका कारण वन्यजन्तुहरुको बासस्थानमा अवरोध: वन अधिकृत घिमिरे

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु –डिभिजन वन कार्यालयका सोलुखुम्बुका डिभिजन वन अधिकृत विशाल घिमिरेले मानवीय क्रियाकलापका कारण वन्यजन्तुहरुको बासस्थानमा अवरोध सिर्जना भईरहेको बताएका छन् ।

मानवको आवश्यकताका लागि घर टहरा निमार्ण गर्ने, वनजंगल फडाँनी गर्ने, बाटो विस्तार गर्ने, ढुगां उत्खनन गर्ने लगायतका क्रियाकलापले प्रत्यक्ष रुपमा वन्यजन्तुको बास स्थानमा क्षति पुगेकाले मानव जीवनमा खतरा बढेको अधिकृत घिमिरेको भनाई छ ।

हिमाल एफ.एमको कार्यक्रम हाम्रो सरोकारमा कुराकानी गर्दै घिमिरेले जंगल र मानव बस्ती नजिक हुनाले वन्यजन्तुहरुको आक्रमण बढेको उनको भनाई छ ।

पानीको मूल संरक्षण गर्ने क्रममा तार घेराबार गरेपछि पानी पिउनका वन्यजन्तु वस्ती तर्फ छिर्ने गरेको डिभिजन वन अधिकृत घिमिरेले बताए ।

वन्यजन्तु र मानवको सहअस्तित्व कायम गर्न मानिसले पृथ्वी आफ्नो मात्र नभई जनावरको पनि बासस्थान हो भन्ने बुझ्नुपर्ने आवश्यकता रहेको औल्याएका छन् ।

अधिकृत घिमिरेले वन्यजन्तुका कारण भएको जनधनको क्षतिपुर्ति अविलम्ब वितरणका लागि सगरमाथा राष्ट्रिय निकुन्जसँग समन्वय जारी राखेको बताए । सामुदायिक वनको सवालमा सामुदायिक वन उत्पादनमुखी, व्यवसायिक हुनुपर्नेमा जोड दिए ।

उनले वनको आधुनिक व्यवस्थापन गरी वन पैदावार, चरण क्षेत्र सबैको उच्च सदुपयोगबाट फाइदा लिन सक्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार