प्रचण्ड माधव समूह र ओली समूहको छुट्टाछुट्टै कार्यक्रम

  हिमाल समाचार
147 Shares

सोलुखुम्बु-प्रतिनिधिसभा विघटनसँगै राजनीतिक रूपले विभाजित नेकपाको आधिकारिकता विवाद कानूनी बाटोमा प्रवेश गरीरहेका बेला दुई समूहले आआफ्नो गतिविधि निरन्तर गरीरहेका छन् ।

मंगलबार मात्र ओली नेतृत्वको सोलु-काठमाण्डौ सम्पर्क मन्चले अगुवा कार्यकर्ता भेला तथा सोलु-काठमाण्डौँ सम्पर्क मन्च पुर्नगठन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेकपा ओली समूहका नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेल, सोलुखुम्बु प्रदेश सभा ‘क’का सदस्य उद्यम बस्नेत, ओली समूहबाट केन्द्रिय सदस्यमा सिफारिस भएका मानवीर राई लगायत नेताहरु सहभागि भएका थिए ।

उता प्रचण्ड–माधवसमूहले सोलुखुम्बुको माम्यदुधकोशी गाउँपालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा विघटिन प्रतिनिधि सभाका निर्वतमान सांसद हेमकुमार राई सुरविर, यज्ञराज सुुुनुवार, नेता गोम्बु शेर्पा कज्र्याङको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार